संरक्षण बिहिन संरक्षण क्षेत्र

कुमार पौडेल

सरकारले संसारकै उच्च स्थानबाट घोषणा गरेको गौरीशंकर संरक्षण क्षेत्रभित्र एक र्वषयता वन विनाश र चोरीसिकारीमा वृद्धि हुँदै गएको छ । गत मंसीर १९ मा कालापत्थरमा बसेको मन्त्रीपरिषद् वैठकले सिन्धुपाल्चोक, दोलखा र रामेछापको २०३५ र्वगकिलोमिटर क्षेत्रफललाई गौरीशंकर संरक्षण क्षेत्र घोषणा गरेको थियो । संरक्षण क्षेत्र घोषणापछि स्थानीयस्तरमा अन्योल बढेपछि स्थानीयवासीले  काठ दाउरा थुपार्न थालेकाले जंगल विनाश बढेको छ भने व्यवस्थापकीय कामजोरीको फाइदा उठाउँदै चोरीसिकारीसमेत बढेको छ ।



संरक्षण क्षेत्रमा व्यापक रुपमा रुख कटानी भएको, जंगली जडिबुटी चीनतर्पm चोरी निकासी भएको गुनासो बढेपछि संरक्षण क्षेत्रको स्थितिको स्थलगत अवलोकन गर्न जिल्ला वन र्कायालय रामेछापका प्रमुख शिवप्रसाद सापकोटको संयोजकत्वमा गठित छानबिन समितिले संरक्षण क्षेत्रले प्रभावकारी रुपमा काम गर्न नसक्दा तस्करीसमेत बढेको निष्र्कष निकालेको छ । संरक्षण क्षेत्र घोषणापछि जिल्ला वन कार्यालयबाट स्वीकृत र्काययोजनाअनुसार सामुदायिक वनले काम गरेका छैनन् ।

संरक्षण क्षेत्रले सिन्धुपाल्चोकमा दुई बर्षसम्म कार्यालयसमेत नखोलेको बिगुको ठिङसाङमा चेकपोष्ट राख्न नसकेकाले पनि चोरीनिकासी बढेको हो । तिब्बती सीमासँग जोडिएको उच्च पहाडी र हिमाली भागमा रहेको अति महत्त्वका कस्तूरीलगायत वन्यजन्तुको चोरी सिकारी तथा त्यसका शरीरका अंगहरू ओसारपसार बढेको अवस्थामा सरकारले संरक्षण क्षेत्रको अवधारणा अघि सारेको थियो । संरक्षण क्षेत्रको बिगुको ठिङसाङ र सिन्धुपाल्चोकको घोरथली र तातोपानीबाट अवैध रुपमा जडिबुटी, सालकको खबटा र गिद्धको नङ्ग्रा चिनतर्फ निकासी हुने गरेको छ,। कानुनी व्यवस्थाको कार्यान्वयन गर्ने क्रममा स्थानीय स्तरमा व्यापक छलफल गर्नुपर्नेमा त्यो भएको छैन ।  संरक्षण क्षेत्र घोषणा र्पूव यस्ता कुनै पनि काम नभएकाले पनि स्थानीय समुदायसँग संरक्षण क्षेत्र आयोजनासँगको सम्बन्ध सुदृढ हुन नसकी विनाश बढेको हो ।


रामेछापको चुचुरे र गुम्देलबाट अवैध रूपमा चोरी भएका जडिबुटी दोलखाको श्यामा हुँदै जिरी पुग्ने गरेको र सिन्धुपाल्चोकको लिष्टी र फुल्पिंकोटबाट बढी चोरी निकासी हुने गरेको छ । तिब्बतसँग सिमा जोडिएका ति गाविसका जंगलमा सिकार गरेर सजिलै तिब्बत निकासी र्गन सकिने र तस्करहरु खरिदका लागि गाउँमै आउने हुनाले पनि केही व्यक्तिहरुको दैनिकी जंगली जनावर सिकार र्गर्ने मात्र भएकाले चोरी शिकारि बढेको हो ।

गौरीशंकर संरक्षण क्षेत्रमा कस्तुरी, मृग, घोरल, डाँफे लगायतका दुर्लभ बन्यजन्तु तथा पशुपन्क्षि पाईन्छ । विगतमा र्सावजनिक, सामुदायिक, कबुलियती वनको व्यवस्थापन जिल्ला बन कार्यालयले व्यवस्थापन गर्दै आए तापनि संरक्षण क्षेत्र घोषणापछि त्यसलाई कसरी व्यवस्थित गर्ने भन्नेबारे सरोकार वालाबीच पनि कुनै छलफल नभएका कारण व्यवस्थापकीय कमजोरी देखिएको हो । सो संरक्षण क्षेत्रभित्र सिन्धुपाल्चोकका ६, दोलखाको १४ र रामेछापको २ गाविस गरी जम्मा २२ वटा गाविसको २ हजार १ सय ७९ र्वग किमि क्षत्रफल पर्छ । सरकार र समन्धित निकायले संरक्षण क्षेत्र घोषणा गर्दैमा दुर्लभ बन्यजन्तु तथा पशुपन्क्षिको संरक्षण हुन्छ भन्ने भ्रम त्याग्न आवश्यक छ ।


No comments:

Post a Comment