बनमन्त्री लाइ बर्खास्त गर ।

(An open letter to the Prime Minister of Nepal to sack Forest Minister who is supporting wildlife smugglers. This was originally published in Nagarik National Daily)

सम्माननिय प्रधानमन्त्रीज्यू,


साइटिसद्धारा ओसारप्रसारमा प्रतिबन्धित सँकटापन्न वनस्पति रक्तचन्दन तस्करिमा  दोषि प्रमाणित तस्करहरुलाई वनमन्त्री मोहम्मद ओकिल मुसलमानको निर्देशनमा जिल्ला वन कार्यालयल भैरहवाले उन्मुक्ति दिएको छ ।

५२७ किलो रक्तचन्दन सहित भदौ २४ गते पक्राउ परेका ३ व्यक्ति र गाडि एवं अनुसन्धानमा खुलेको आवश्यक प्रमाण बुझएपछि वन कार्यालयले प्रहरिलाई वेलहियाका सुरेन्द्र जयसवाल र हरिशचन्द्र गुप्तालाई पक्राउ गरि पेश गर्न पत्राचार गरेको थियो । तस्करिमा सुरेन्द्र र हरिशचन्द्रको सँलग्नता रहेको पर्याप्त प्रमाण भएको रुपन्देहिका एस पी रविन्द्र रेगमिको दाबि छ । रक्तचन्दन साईटिसद्धारा ओसारप्रसारमा प्रतिबन्धित लोपउन्मुख प्रजाति भएकाले यो सँग सम्बन्धीत मुद्धा दर्ता गर्ने , अनुसन्धान गरेर मुद्धा तयार गरि अदालत पुर्याउने क्षेत्राधिकार वन कार्यालयको हो ।


जिल्ला वन कार्यालयले भदौ २७ मा सुरेन्द्र र हरिशचन्द्रको नाममा ठेगाना सहित पक्रउ पुर्जि काटेको थियो तर वनमन्त्री मोहम्मद ओकिल मुसलमानको तस्करलाइ बचाउने दवादपछि  वन कार्यालयले सुरेन्द्र र हरिशचन्दको नाम ठेगाना नखुलेको बेतुकको कारण जनाउँदै उनीहरु बिरुद्ध मुद्धा दाएर नगरि गाडी चालक र परिचालक माथि मात्र मुद्धा अगाडि बढाएको छ ।

राष्ट्रिए सञ्चार माध्यमा समेत प्रकासित भइसकेका यस घटनामा फोरम लोकतान्त्रीकका जिल्ला सचिव सन्तोष पौडेलले हरिशचन्द्रलाइ काठमाडँौ ल्याइ वन मन्त्री सँग भेटी वन मन्त्रीले जिल्ला वन अधिकृतलाई मुद्धा मिलाइदिन दवाव दिएको प्रस्ट रुपमा सार्वाजनिक भइसकेको छ ।

पटक–पटक हजारैँ किलो, लाखौँमा बिक्रीहुने भनिने रक्तचन्दन वेवारिसे अवस्थामा प्रहरीद्धारा भैटइयो भनिनु नौलो होइन तर यस पटक प्रहरिने समेत प्रशस्त प्रमाण भएको दाबी गरिरहँदा समेत तस्करहरुले ठाडो राजनैतिक आदेशमा उन्मुक्ति पाएको देख्दा हामी सँरक्षण क्षेत्रमा लामो समयदेखी काम गर्दै आएका सँरक्षण कर्मिहरु अच्म्मीत भएका छोँ । त्यैपनि सरकारको वनमन्त्री जस्तो जिम्मेवार पदमा रहेको व्यक्तीबाट हुने यस्ता क्रियाकलापले साइटिस अन्तराष्ट्रिय सन्धिमा समेत हस्ताक्षर गरिसकेको देश नेपालको छवि अन्तराष्ट्रिय क्षेत्रमा समेत गुम्न पुगेको छ । दोषि प्रमाणित व्यक्तीहरुले यसरि उन्मुक्ति पाउनुले वाताारणीय क्षेत्रका मात्र नभइ अन्य क्षेत्रका अपराधिरुले समेत प्रसय पाउनेमा सँका छैन ।

तपाँईले भाषण गर्दा धेरै पटक देश विकाशको मुल शुत्र नै प्राकृतिक स्रोत साधनको सँरक्षण तथा सदुपयोग हो भनेको हामिले सुनेका छौँ । मलाइ खुसी लाग्थ्यो । बाबुराम भट्टराइलाइ नेपाली जनताले भाषण गर्ने नेता मात्र नभइ काम गर्ने नेताको रुपमा आज सम्म चिनिआएका छन् । तपाँईको परिक्षाको घडि आएको छ ।

विगतका बर्षहरुमा वातावरणिय क्षेत्रका तस्कर तथा अपराधिहरुले राजनैतिक सँरक्षणमा छुटकारा पाएका उदाहरण  धेरै छन् , १८ वटा गैँडा मारेको स्विकार गर्ने व्यक्ती समेत ससम्मान ३ बर्षमा नै जेल मुक्त भ्एका छन् तर तपाँईको सरकारबाट हामीले यस्तो आशा राखेका छैनौँ । दोषी प्रमाणीत तस्करिलाइ उन्मुक्ति दिन निर्देशन र दबाब दिने वनमन्त्री मोहम्मद ओकिल मुसलमानलाई तुरुन्त बर्खास्त र दोषीलाइ कार्वाही गरि सँरक्षण क्षेत्रमा एउटा नयाँ अध्यायको सुरुवात तपाँइबाट हुनेमा हामी सम्पुर्ण सँरक्षण कर्मी युवाहरु बिश्वस्त छौँ । हात्ती आयो हात्ती आयो फुस्स चॉही नहोस् ।

कुमार पौडेल



2 comments: