Thursday, July 18, 2013

अज्ञानी म !

,
बुबा भन्नुहुन्थ्यो, “म बहुत भड्किलो मान्छे अरे ।” सबै कुरा जान्नै पर्ने । “लाटा देशमा गाँडा तन्नेरी” भनेझैं गाउँमा केहि जान्ने कहलिन्थे पनि म । समयक्रममा औपचारिक  शिक्षाको फलामे ढोका नि भाँचियो । अब पढ्ने काम सकियो भन्ने भाको थियो । तै पनि बा को छोरो ओवरसियर भाको देख्ने ईच्छा सम्झेर, छिरियो “ज्ञानको सागर” भनेर बुझिएको विश्वविद्यालय भएको शहर काठमान्डौं । कहिले रत्नराज्य त कहिले थापाथलि क्याम्पस धाउँदा धाउँदै अन्ततः अस्कल (अमृत क्याम्पस) मा पुगेर अडिएं म, बिएस्सी सकें । अहिले एमएस्सी पढ्दैछु ।

अनकन्टार गाउँको त्यो एक्लो स्कुलमा पढ्दा म आफूलाई जति जान्ने सोच्थे, अहिले सहरको सानदान भनिएको नीजि कलेजमा पढ्दै उत्तिकै केही नजानेको सोच्छु । विज्ञानका केही अन्तर्राष्टिय सभा–समारोह तथा कार्यशालामा सहभागिताको अवसर जुरेसँगै म मुम्बई, व्रोनो, प्राग, कोलम्बो, ढाका, सिंगापुर पुगें । त्यत्तिकै घुम्दै पोल्याण्ड, मलेसिया, सिंगापुर, दिल्ली लगायतका ठाऊँहरु धाएं । त्यहाँका विश्वविद्यालय पुगें । झन्, आफुलाई केही नजान्ने लठ्ठकको रुपमा चिन्दैछु । कलेजमा प्रोफेसरहरु परिक्षामा के लेख्ने मात्र भन्नुहुन्छ तर योबाट के गर्ने भन्ने उत्तर सोचिराखेको हुन्छु म । नोबेल पुरस्कार बिजेता रिचार्ड अरनेस्ट हुन् या मोहमद युनुस, उनीहरुलाई भेट्दा मभित्र केही सिक्ने तरंग पैदा हुन्थ्यो । मजस्तो अज्ञानीबाट ति विद्धानहरु पनि केही सिक्न खोजिराखेका देखिन्थे । म हरेक दिन कलेज जान्छु । जाँचमा नम्बर राम्रै ल्याउँदा मात्र मेरा प्राध्यापक खुसी हुन्छन् र छन् पनी । तर कसलाई के मतलब, “मैले खाँटी के सिंके ?”

5 comments:

  1. Hey, It's simply moving! I love it!

    ReplyDelete
  2. Hi dada, I liked your post very much. I'm also called a knowledgeable person, but who knows that I have more queries, more doubts and more things to learn than the so-called less intelligent and perhaps anyone else!

    ReplyDelete
  3. Agreed with Prem jee. Its inspiring, neatly written. All the best Kumar Sir for upcoming days.

    ReplyDelete
  4. Short but powerful! Why don't you write a detailed sketch of your marvelous journeys? That would be a great idea.

    ReplyDelete